काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँ बढेको छ । आज (बुधबार) सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सगै सुन हालसम्मको उच्च विन्दुमा पुगेको छ ।
मंगलबार सुन प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी बुधबार प्रतितोला दुई हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





