२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शर्मा नियुक्त



काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त हुनु भएका जनकराज शर्माले आज शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

उनलाई नेपाल सरकार मन्त्रिपरिषदको असोज ९ गतेको बैठकले सो पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

नवनियुक्त अध्यक्षले आजै पद वहाली गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ३ : २१ बजे