काठमाडौं । मुग्लिन क्षेत्रमा पहिरोका कारण देखिएको इन्धन आपूर्तिमा समस्या समाधान भएको छ ।
पहिरोका कारण पृथ्वी राजमार्ग अबरुद्ध भएपछि अअधिकांश पेट्रोलपम्पहरूमा इन्धन अभाव भएको थियो ।
पहिरोले ट्यांकर पास हुन नसकेपछि पेट्रोल पम्पमा इन्धन अभाव देखिएको थियो । तर, यो समस्याको समाधान भइसकेको नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीका भट्ले बताए । ।
‘मुगलिन-नारायणगढ सडक खण्ड अवरुद्ध भएको कारणले पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भइसकेको र अब सो राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको अभाव नरहेको व्यहोरा सम्पूर्ण सरोकारवाला पक्षलाई जानकारी गराउन चाहन्छु’, उनले भने ।





