काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो चौमासिकमा सरकारको विकास खर्च निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत कात्तिक मसान्तसम्म वार्षिक विनियोजनको ६.२१ प्रतिशत बराबर मात्रै विकास खर्च भएको हो ।
चालु आवका लागि पुँजीगत शीर्षकमा ४ खर्ब ७ अर्ब ८८ करोड बजेट विनियोजन गरिएकामा कात्तिक मसान्तसम्म २५ अर्ब ३१ करोड ३४ लाख बराबर मात्रै खर्च भएको कार्यालयले जनाएको छ ।
यस अवधिको कुल सरकारी बजेट खर्च वार्षिक विनियोजनको २३।८७ प्रतिशत छ । चालु आवका लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरिएकामा पहिलो चौमासिकमा ४ खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख खर्च भएको कार्यालयले जनाएको छ ।
चालुगत शीर्षकमा ११ खर्ब ८० अर्ब ९८ करोड वार्षिक विनियोजन रहेकामा हालसम्म २७।१८ प्रतिशत अर्थात् ३ खर्ब २० अर्ब ९९ करोड २२ लाख खर्च भएको छ ।
वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन भएकामा हालसम्म ३२।६७ प्रतिशत अर्थात् १ खर्ब २२ अर्ब ५८ करोड ३८ लाख बराबर खर्च भएको छ ।
यस अवधिको सरकारी राजस्व सङ्कलन ३ खर्ब ३३ अर्ब ३४ करोड बराबर छ । जुन वार्षिक लक्ष्यको २१।७२ प्रतिशत हो । चालु आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको छ । रासस





