काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलाको तीन लाख रुपैयाँ नाघेको छ । सुनको मूल्य एकैदिन तोलामा नौ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको मूल्य तोलाको तीन लाख एक हजार ४०० रुपैयाँ कायम छ । यो हालसम्मकै उच्च मूल्य हो । बिहीबार (माघ ८) छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँका किनबेच भएको थियो ।





