काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न नपर्ने ठहर गरेको छ । पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा दिएको पुरक निवेदनमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न प्रथम दृष्टिमै अन्तरिम आदेश दिनु नपर्ने ठहर भएको हो ।
निवेदन माग बमोजिम अन्तरकालीन आदेश जारी गर्न पर्नेसम्मको पूर्वावस्था प्रथम दृष्टिमा नै नदेखिएको हुनाले निवेदन माग बमोजिम अन्तरकालीन आदेश जारी गरिरहनु नपर्ने आदेशमा उल्लेख छ । महाधिवेशनको प्रक्रिया अघि बढाउन गगन बाटो खुला भएको छ । अब कांग्रेसको महाधिवेशन निर्वाधरुपबाट अघि बढाउन सक्नेछन् । कांग्रेसले भदौ २४ बाट वडा अधिबेशन गर्ने तालिका प्रकाशन गरिसकेको छ ।





