९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026

तनहुँमा बन्दुक सहित सात जना समातिए, अनुसन्धान हुँदै



तनहुँ। तनहुँको शुक्ल गण्डकी नगरपालिका–११ भुस्नापुरबाट तनहुँ प्रहरीले दुई बन्दुकसहित सात जना पक्राउ परेका छन् ।शङ्कास्पद वस्तुसहित सरिप चन्द समातिएपछि सोधपुछ गरेर पछ्याउँदा दुई नाले बन्दुकसहित पाँच र एकनाले बन्दुकसहित दुई गरी सात जना जना पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बेलचौतारका प्रहरी निरीक्षक गणेश सुवेदी नेतृत्वको टोलीले दुई वटा अवैध बन्दुकसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुई नाले बन्दुकसहित पक्राउ पर्नेमा लक्ष्मण शाही, केबलबहादुर चन्द, युवराज ढुङ्गाना, दुर्गा वीरजंग ठकुरी र सरिप चन्द छन् । एकनाले बन्दुकसहित पक्राउ पर्नेमा कुलबहादुर र यमबहादुर शाही छन् । उनीहरूको साथमा बन्दुकमा प्रयोग गरिने बारुद, बेरिङ, सीसालगायतका पदार्थ पनि फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आइतबार  ९ : ४० बजे