९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् बिषय सूचि



काठमाडौंं । बिहीबार एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ ।बैठकमा आ.व. २०८१र८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त (कर प्रस्ताव बाहेक)सम्बन्धमा अर्थ मन्त्रीसँग छलफल हुनेछ, कार्ययोजना उपसमितिको प्रतिवेदन प्रस्तुत हुनेछ ।

यस्तै, ११ः३० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उदयपुर र हेटौंडा सिमेन्ट उद्योगका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट समितिमा प्राप्त प्रतिवेदन माथि छलफल हुनेछ ।

यसैगरी, बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपालको बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी एवम् थुनुवाहरूको मानव अधिकारको अवस्थाको स्थलगत अध्ययन भ्रमण सम्बन्धमा, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ ।

यस्तै, १०ः३० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पास हुनेछ भने बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको समितिको कार्यक्षेत्र र कार्ययोजनाको बारेमा छलफल हुनेछ ।

यसैगरी, बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एवम् अनुदानमा आधारित कृषि तथा पशुपालन व्यवसाय सम्बन्धी विषयमा रहेका कार्यक्रमहरुको सम्बन्धमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्रीरसचिव एवम् परियोजना प्रमुखसँग छलफल गर्ने, योजनाको बारेमा छलफल हुनेछ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ९ : ३३ बजे