९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

कांग्रेसको नाराबाजीपछि संसद बैठक स्थगित



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक स्थगित १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभाको बैठक सुरु भएपछि कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उठेका थिए । सभामुख देवराज घिमिरेले नियमित कार्यसूचीमा लैजान खोजेपछि कांग्रेस सांसदहरु आफूहरुले दलको तर्फबाट बोल्न पाउनुपर्ने बताउदै वेलमा आएर नाराबाजी गरेका थिए । अवरोधकै बीचमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिन चाहेकाले त्यसको वातावरण बनाउन प्रतिपक्षी सांसदहरूलाई आग्रह गरेका थिए। कांग्रेसका सांसदहरूले नाराबाजी रोकेनन।

प्रतिनिधि सभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ। सभामुख घिमिरेले आजै १५ मिनेटपछि बस्ने गरी बैठक स्थगित गरेका छन्। नेपाली कांग्रेसले सहकारी अपचलनमा गृहमन्त्रीको छानबिनको लागि संसदीय समितिको माग गरी लगातार संसद अबरुछ गर्दै आएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १२ : १८ बजे