९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

सहकारीको अपचलन बिषयमा सडक प्रदर्शन गर्दै कांग्रेस



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलन तथा ठगीविरुद्ध आज सडक प्रदर्शन गर्दै छ । कांग्रेसले सहकारी बचतकर्ताको रकम फिर्ता दिनुपर्ने, गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्नेसहितका माग राखेर सुरुमा उपत्यकाकेन्द्रित सडक आन्दोलन गर्न लागेको हो ।

बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी बिषय अब सडकतर्फ उठाउने निर्णय गरेको थियो । त्यससको लागि काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौ ललितपुर भक्तपुरका १५ वटा निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

विभिन्न सहकारीबाट झन्डै पाँच खर्ब रुपैयाँ अपचलन भएको कांग्रेसको ठहर छ । मुलुकभरिका केही दर्जन ठूला सहकारी संस्थाहरूले मात्रै बचतकर्ताको दुई खर्ब रुपैयाँभन्दा बढी अपचलन गरेको तथ्यहरू सार्वजनिक भएको अवस्थामा पनि सरकार गम्भीर नबनेपछि आन्दोलन गर्नुपरेको कांग्रेसको भनाइ छ ।काठमाडौंको प्रदर्शनीमार्गमा आइतबार दिउँसो २ बजे प्रदर्शन सुरू हुने बताइएको छ। त्यसमा केन्द्रीय कार्यसमितिका नेताहरू सहभागी हुने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ९ : ३२ बजे