काठमाडौं । नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले वैदेशिक रोजगारीमा गएर सीप सिकेर नेपाल आएका युवाहरूलाई प्रोत्साहन गर्नका लागि दक्ष प्रवासी उद्यमशील कर्जा ल्याएको हो। बैंकले बिहीबार औपचारिक रूपमा शुभारम्भ गर्दै स्वदेशमा उद्यम गर्न चाहने प्रवासी नेपाली र उनीहरूको परिवार लक्षित १० करोड रूपैयाँसम्मको कर्जा सुविधा ल्याएको हो ।…