१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

सञ्चयकर्तालाई आकर्षित पार्ने गरी काम गर्न कोषलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले उपलब्धिको कोणबाट सञ्चयकर्तालाई आकर्षित पार्ने गरी काम गर्ने निर्देशन दिएका छन् । मंगलबार कर्मचारी सञ्चय कोषका अधिकारीसँगको छलफलमा उनले यस्तो निर्देशन दिएका हुन् । कर्मचारी सञ्चय कोषको सबैभन्दा ठूलो आधार र भविष्य सञ्चयकर्ता भएको उनले उल्लेख गरे । सञ्चयकर्ताको विश्वास टुट्न नदिने गरी कोष अघि…