काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न ‘हेलो हेल्थ’ सेवा सुरु गरेको छ । आमनागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको मन्त्रीस्तरीय निर्णयपछि हेलो हेल्थ स्थापना गरिएको हो । निर्णयपछि सामाजिक सञ्चाल फेसबुकमा स्वास्थ्य मन्त्री पौडेलले लेखेका छन्, “नागरिकलाई सरल र सहज स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने…