काठमाडौँ । औषधी पसलले बिक्री गरिरहेको औषधी सक्कली भए नभएको पत्ता लगाउन अनुगमन गरी परीक्षण गरिने भएको छ । औषधी व्यवस्था विभागले त्यस्ता पसलमा मिनी ल्याब लगेर तत्काल औषधीको गुणस्तर पत्ता लगाउने छ । यसअघि औषधी व्यवस्था विभागले औषधीको नियमन र अनुगमन मात्र गर्दै आएको थियो । औषधी पसलमै पुगेर औषधीको परीक्षण गरी सक्कली वा…