काठमाडौँ । बाढी पहिरोका कारण सडक मार्ग असहज भएपछि हवाई सेवाको प्रयोग गर्ने यात्रुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । दसैँको मुखैअगाडि आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि हवाई सेवाको प्रयोग गर्ने यात्रुको चाप ह्वात्तै बढेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सडक अवरुद्ध भएपछि पछिल्लो पाँच दिनमा आन्तरिकतर्फ…