काठमाडौँ । सरकारले श्रम सम्झौतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसक्दा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक आफ्नो अधिकारप्राप्तिबाट वञ्चित भएको सरोकारवालाले बताएका छन् । यसका लागि विदेशमा रहेका नेपाली दूतावासबाट दिइनुपर्ने सेवालाई सहज र पारदर्शी बनाउनुपर्ने आवश्यकता औँल्याइएको हो । पाचौँ श्रम तथा रोजगार सम्मेलनको दोस्रो दिन आयोजित ‘श्रम आप्रवासनका विविध आयम’ विषयक छलफलमा सहभागी विज्ञले…