काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक र शून्य समयमा दक्षिणकालीमा विद्यार्थी बोकेको बस दुर्घटनाका सम्बन्धमा तत्काल छानविन गर्न सरकारसँग सांसदहरुले माग गरे । समाजमा कायम रहेको छुवाछुत व्यवस्था हटाउनुपर्ने, बालिका बलात्कृत गर्नेमाथि हदैसम्मको कानूनी कारबाही गरिनुपर्ने र गैरकानूनी रुपमा नेपाली महिलाहरूलाई वैदेशिक रोजगारीका नाममा कुवेत पुर्याउनेलाई तत्काल कारबाही गर्न र ती महिलाहरूको तत्काल उद्धार गर्न…