काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ । सुनको भाउ आज प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा सुनको कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ ।