सुनसरी । सुनसरीको गढी गाउँपालिका–६ की ३० वर्षीया ममता साह खेतमा धान काट्दै थिइन् । विभिन्न पार्टीका नेता मत माग्नका निम्ति घरदैलो कार्यक्रम गरिरहेका बेलामा साह आफ्नै काममा व्यस्त थिइन् । उनीजस्तै गढी–६ कै ५० वर्षीया रोना साह धान काट्नमा नै व्यस्त थिइन् । यही मंसिर १६ गते गढी–६ मा वडाध्यक्ष पदका निम्ति हुने उपनिर्वाचनका…