दाङ। तलतिर कलकल बग्ने बबई नदी, सोहीमाथि झोलुंगे पुल। चारतिर हरियाली, नजिकै चिटिक्क परेको मोतिपुर गाउँ। यो दृश्य दाङको तुलसीपुर उपमहानगरपालिका -११ र दङ्गीशरण गाउँपालिका -२ सरुवाडाँडा जोड्ने झोलुंगे पुल क्षेत्रको हो। यस मनमोहक दृश्यले त्यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गर्छ। हाल सोही पुलको अवलोकनका लागि टाढाटाढाबाट मानिस आउने गर्छन् । यसपटक दसैँतिहारमा यहाँ अवलोकन गर्न…