मुस्ताङ । अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका निम्ति बन्द गरिएको छ । माथिल्लो मुस्ताङका शैक्षिक संस्था हिउँदयाममा घुम्ती कक्षा सञ्चालन गर्न बेँसीमा झारिन्छ । तल्लो र मध्य मुस्ताङका शैक्षिक संस्था हिउँदयाममा बन्द गरिन्छ । अत्यधिक चिसो बढेसँगै यहाँका तीन पालिकामा सञ्चालित सरकारी सामुदायिक, संस्थागत र गुम्बा विद्यालयमा जाडो छल्न…