२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

बाजुरामा बाटोमै सुत्केरी, आमा र शिशु सुरक्षित

धनगढी । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२, भैसागाडकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छन् । परिवारले फयालगाउँ आधारभूत स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा उनी बाटोमै सुत्केरी भएकी हुन् । स्वास्थ्य संस्था पुग्न नसक्ने अवस्था भएपछि त्यहाँ कार्यरत स्वास्थ्यकर्मी विस्ना रोकाया घटनास्थलमै पुगेर सुरक्षित प्रसूति गराएकी थिइन् । कठिन भौगोलिक अवस्था र स्वास्थ्य संस्था टाढा भएकाले समयमै अस्पताल…