३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मालढुङ्गा–बेनी सडकः एक घन्टा लाग्थ्यो, अब पुगिन्छ २० मिनेटमै

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज र यात्राअवधि छोटिएको छ। चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडक योजनामार्फत मालढुङ्गा–बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । करिब १३ किलोमिटर दुरीको सडकमध्ये करिब दुई किलोमिटर…