बागलुङ । बडिगाड गाउँपालिका–३ मा चरम खानेपानी अभाव भएपछि आर्थिक वर्ष ०६७र६८ मा जिल्ला खानेपानी कार्यालयबाट ओखरगैँडा खानेपानी आयोजना परेको थियो । २ करोड ८५ लाख २९ हजार रुपैयाँमा सक्ने गरी काम सुरु भएको उक्त आयोजना १२ वर्षसम्म अपुरो छ । हालसम्म ६४ प्रतिशत मात्रै काम भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले जनाएको छ…