पर्वत । पढ्नका निम्ति उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेत्रीले देखाएकी छन् । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४, वहाकीकी ५० वर्षीया खगिसरा भुसालले माध्यमिक शिक्षा परीक्षा ९एसईई०मा सहभागी भएर उक्त उदाहरण प्रमाणित गरेर देखाएकी हुन् । उनले दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाह समेत गराइसकेकी छन् । बुढेसकालमा सुखसयलका साथ जीवन…