२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

दोहा उडेको ४५ मिनेटपछि नेपाल एयरलाइन्सको जहाज काठमाडौं फर्कियो

बिहीबार राति साढे १० बजे काठमाडौंबाट दोहा उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं नै फर्केको छ । जहाजमा समस्या आएपछि ४५ मिनेट उडेको जहाज काठमाडौं फर्काएर ल्याण्ड गरिएको हो । वाइडबडी ए-३३० को जहाज हिजो राति साढे १० बजे उडेको थियो । हाइड्रोलिकमा समस्या आएपछि सो जहाज पुनः राति ११ बजेर १५ मिनेटमा ल्याण्ड भएको हो…