२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

बलेवा विमानस्थलमा हवाईसेवा सञ्चालनको माग

बागलुङ । विसं २०४८ सम्म बागलुङ सडक सञ्जालसँग जोडिएको थिएन । त्यतिबेला बागलुङसँगै म्याग्दी, मुस्ताङलगायत जिल्ला यातायात सुविधाबाट वञ्चित थिए । मोटरबाटो नभए पनि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल भने सञ्चालनमा थियो । नियमितरुपमा हवाईसेवा सञ्चालनमा थियो । स्थानीयवासीले २०२२ सालमा श्रमदान गरी उक्त विमानस्थल निर्माण गरेका थिए । बलेवा विमानस्थल २०४८ सम्म सञ्चालनमा थियो…