२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

डोटीमा कांग्रेसका खड्का विजयी

डोटी । एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेपाली कांग्रेसका भरतबहदुर खड्का विजयी भएका छन् । खड्काले १४ हजार ८९७ मत पाएर विजयी भएका हुन् । यस्तै, एमालेका दीपक धामीले १४ हजार ११० र रास्वपाका नरेन्द्र खड्काले १३ हजार २६० मत प्राप्त गरे । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट चौथो भए ।