३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

धरानको लेदुवा खोलाको पुल ७ वर्षदेखि अधुरै

सुनसरी- धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ। पुल निर्माण सम्पन्न नहुँदा धरान–४ र ५ का स्थानीयवासी र विद्यार्थीले बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ। धरान–५ का दीपक मगर भन्छन्, ुपानी पर्छ, बाढी आउँछ। स्कुल हिँडेका बिद्यार्थी बर्खामा खोला बढेपछि पानी घट्ने प्रतीक्षामा घण्टौँ खोलाको किनारमा बस्नुपर्ने अवस्था छ…