काठमाण्डौ – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले व्यावसायिक ड्रागन फ्रुट खेती शुरु गर्नुभएको छ । करिब डेढ वर्षअघि चार कट्ठा जमिनमा शुरु गरिएको खेतीबाट उहाँले अहिलेसम्म तीन पटक फल उत्पादन गरिसक्नुभएको छ । रुपन्देहीको रानीबगियाबाट ६२८ बिरुवा खरिद गरी १५७ पोलमा चार–चार वटा…