कास्की । सेती नदीमा आएको विनाशकारी बाढीको पीडा भोगेका कास्कीको माछापुच्छ्रे गाउँपालिका–२, सार्दिखोलाका बासिन्दाले रसुवाको भोटेकोसी बाढीपीडितका निम्ति सात लाख ९३ हजार ७७५ रुपैयाँ सहयोग गरेका छन् । यही भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले वडा कार्यालयको पहलमा सञ्चालन गरिएको राहत संकलन अभियानबाट उक्त रकम…