काठमाडौं। आफ्नो तेस्रो कार्यकालको एक वर्षको उपलब्धि सुनाउने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले कामै नगरेको भनेर निराशा फैल्याइएको भन्दै चित्त दुखाए। आफ्नो लिखित सम्बोधनमा समेत गठबन्धन सरकारका कामलाई ओझेल पार्ने कोसिससहित निराशावादी कुरा गरिएको भनेर उनले चित्त दुखाएका हुन्। एक वर्षअघि आजकै दिन प्रधानमन्त्री नियुक्त भएपछि उनी आफैँले देशलाई समृद्धिको दिशामा अघि बढाउने घोषणा…