गुल्मी । लगातार वर्षाका कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग सञ्चालनमा ल्याइएको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२, राक्सेमा सडकमाथिबाट पहिरो खसेपछि बुधबार ९असोज १० बिहानदेखि उक्त बाटो पूर्ण रूपमा अवरुद्ध बनेको थियो । सडकमा थुप्रिएको पहिरो पन्छाइएपछि बिहीबार ९असोज २० बिहानदेखि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना…