मुस्ताङ । एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै मुस्ताङका उच्च लेकमा पालिएका याकचौंरीलाई बेसीमा स्थान्तरण गरिएको छ। हिमपातका कारण उच्च लेक क्षेत्रमा घाँसे चरनक्षेत्र हिउँले पूरै ढाकिएको र पानीका मुहान हिउँले जमेपछि यहाँका याकचौंरीलाई हिमपात र चिसोबाट जोगाउन बेसीको न्यानो स्थानमा झारिएको हो। बर्सेनि मुस्ताङका उच्च लेकमा हिउँदयाममा हिउँ पर्न थालेपछि बेसीमा…