खोटाङ । झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुंगाले ककनीडाँडा ढपक्कै ढाकिएको छ। प्राकृतिक रुपमै आकर्षक विभिन्न आकृति देखिने ढुंगैढुंगाले बनेको ककनीडाँडा एक सय ६० रोपनी क्षेत्रफलमा फैलिएको छ। त्रिधार्मिकस्थल हलेसीबाट करिब ३० मिनेटको उकालो पैदलयात्रामा पुगिने पर्यटकीयस्थल ककनीडाँडामा ‘रक गार्डेन’ (ढुंगे बगैंचा) निर्माणाधीन अवस्थामा छ। लामो समयदेखि…