भद्रपुर ।आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२र०८३ को पहिलो तीन महिनामा रु ७५ करोड २७ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ। संकलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १६.९० प्रतिशत हो। अन्तरिक राजस्व कार्यालयको चालु आवमा चार अर्ब ४५ करोड ५० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको प्रमुख कर अधिकृत गोपालबहादुर थापाले…