२ माघ २०८१, बुधबार | Thu Jan 16 2025

मलेसियाबाट फर्केर अकबरे खुर्सानी खेती गरे, वर्षको कमाउँछन् १५ लाख

इलाम । इलामको माङसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीलाई घरखर्च चलाउन कुनै समस्या छैन। दुई वर्षअघि मात्रै मलेसियाबाट फर्किएका खड्गबहादुरले आएकै वर्ष अकबरे खुर्सानीको खेती सुरू गरे। त्यही साल ‘बताहा कृषि तथा नर्सरी फार्म’दर्ता गरी अकबरे खुर्सीनीको खेतीमा जुटे। गत वर्षदेखि अकबरे खुर्सानीले राम्रै आम्दानी दिन थालेको उनी बताउँछन्। खड्गबहादुरले सुरूवातमा थोरै लगानीमा आफ्नै ४ रोपनी…