काठमाडौं । सोमबार स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।सुनको मूल्य एक सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार प्रतितोला एक लाख ४६ हजार २०० रुपैयाँमा सुनको कारोबार भएको थियो । तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार…