अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा शीतभण्डारमा राखेका लाखौं मूल्यका सुन्तला कुहिएर नष्ट भएपछि किसान चिन्तित बनेका छन्। पाणिनि गाउँपालिका–२ पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा पणेनाको सिम्ले र पोखराथोकका किसानले राखेको ९० मेट्रिकटनमध्ये ६३ मेट्रिकटन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएको किसान खगेन्द्र पौडेलले बताए। शीतभण्डारमा राखेका ६३ मेट्रिकटन सुन्तला कुहिएपछि ९० प्रतिकेजीमा सुन्तलाको हिसाब गरे पनि…