खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा १३ घर खरानी भएको छ । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ घर, सात मचान र दुई गोठ खरानी पारेको हो । क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन । बराहपोखरी–१ का वडाध्यक्ष ढकबहादुर कार्कीका अनुसार, भीरगाउँका मोहनलाल थापामगरका दुई घर र मचान, पूर्णबहादुर मगरको…