पश्चिम नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालमा भ्रष्ट्राचार नियन्त्रण नहुँदा जनतामा निराशा छाएको बताएका छन् । पश्चिम नवलपरासीको सुनवलमा नेपाली काँग्रेसको प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दे थापाले जनतामा छाएको निराशाको छिटो भन्दा छिटो सम्बोधन गर्नुपर्ने बताए । नेताहरू भ्रष्ट्राचारमा डुबे भन्ने जनमानसमा परेको बताउँदै सबै काण्डहरूको निष्पक्ष छानबिन हुनुपर्ने थापाको भनाई…