मकवानपुर । नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित भएका बानियाँले शुक्रबार ९साउन १६० बिहान सञ्चारकर्मीसँग मुख्यमन्त्री लामालाई हठ त्यागेर मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् । “उहाँले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नुभएकाले नैतिकताका आधारमा मार्गप्रशस्त…