काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा गृहमन्त्री लेखकले तीनकुने घटनामा संविधान मास्ने र व्यवस्था उल्ट्याउने मनसायले हिंसात्मक प्रदर्शन गरेकै कारण जनधनको क्षति हुन पुगेको बताउनुभयो । गृहमन्त्री लेखकले प्रदर्शनकारीले घरमाथि मान्छे थुनेर आगो लगाउने, व्यक्तिका निजी घर, राजनीतिक दलका पार्टी कार्यालय, नीजि र सरकारी सवारीसाधनहरू, उद्योग, व्यापारिक केन्द्रमाथि आक्रमण…