१३ असार २०८३, शनिबार | Sun Jun 28 2026

कांग्रेस सांसदले राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक सहयोग गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका सङ्घीय सांसदले विपद्को घडीमा राहत व्यवस्थापनका लागि १५ दिनको पारिश्रमिक प्रदान गर्ने भएका छन् । कांग्रेस संसदीय दलको आज बसेको बैठकले यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण भएको बाढी र पहिरोबाट भएको अकल्पनीय जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै सो रकम नेपाल सरकारमार्फत प्रदान गर्ने निर्णय गरेको हो…