काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एमाले परित्याग गरेका घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् खनालले आफू कुनै पार्टीमा सक्रिय नरहेको घोषणा गरेका हुन् । उनले फेसबुुकमा लेखेका छन्, ‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन,…