१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

कोसीमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिँदै

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन् । नेकपा माओवादी केन्द्रले भदौ १४ गते समर्थन फिर्ता कार्कीलाई दिएको समर्थन फिर्ता लिएकोले उनले विश्वासको मत लिन लागेका हुन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै कोसीमा पनि कांग्रेस–एमालेको सरकार बनेको छ । साउन ११ गते माओवादी कोसी सरकार छाडेको थियो ।