बिर्तामोड । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले आगामी निर्वाचनमा वडादेखि केन्द्रसम्म कांग्रेसले एक्लै चुनाव लड्ने बताएका छन् । समुदायमा कांग्रेस अभियान अन्तर्गत सोमवार झापा जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता कोइरालाले आगामी निर्वाचन एक्लै लड्ने भएकाले सोहीअनुसार तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।महाधिवेशनमा गुटगत राजनीति देखिनु स्वाभाविक भए पनि त्यसको तिक्तता आम…