काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरूले जलवायु परिवर्तनका चुनौती र सङ्कटहरूको सामना गर्न भूराजनीतिक सहकार्यसहित अन्तर्राष्ट्रिय प्रयास आवश्यक रहेको बताएका छन् । समितिको आज बसेको बैठकमा सांसदहरूले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट कृषि तथा प्राकृतिक स्रोतमा ठूलो क्षति पुगेकाले नदी तथा पर्वत संरक्षणका विषयमा अन्तर्राष्ट्रिय तहमा पहल गर्नुपर्नेमा बताए…