काठमाडौं - नेपाली कांग्रेस संसदीय दलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार, राहत तथा पुनःस्थापनाको काम प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ। संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा आज सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले बाढी प्रभावित क्षेत्रमा संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको भन्दै…