२९ भदौ २०८३, सोमबार | Tue Sep 15 2026

कांग्रेसको वैधानिकतामा असर नपर्ने गरी फैसला आउने विश्वास छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतबाट कांग्रेसको वैधानिकतालाई असर नपर्ने गरी फैसला आउनेमा विश्वस्त रहेको बताएका छन् । मंसिरभित्र महाधिवेशन नगरे कांग्रेसको वैधानिकता नरहने भन्दै उनले न्यायाधीशहरूले यो कुरालाई विचार गरेरै फैसला दिनेमा आफू विश्वस्त रहेको उनले बताए । शनिबार प्रदीप गिरिको स्मृतिमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।…